काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकले न्युनतम बिक्री मुल्य १ सय ८० रुपैयाँमा सुमन गौतमको नाममा रहेको १ लाख ९० हजार कित्ता संस्थाक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
बैंकले उक्त बैंककाको संस्थापक शेयरधनी गौतमको नाममा रहेको २ लाख १६ हजार ६ सय २८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुल्ला गरेको थियो । सो समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेकाले सर्वसाधारणका लागि आवेदन खुलाइएको हो ।
बैंकले उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सुचना प्रकाशित भएको ३५ दिन भित्रमा कम्पनीको केन्द्रिय कार्यालय, नारायणहिटी पथमा सम्पर्क गर्न आग्रह गरेको छ ।