काठमाडौं । सेञ्चुरी बैंकले १८ लाख २१ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । सो बैंकमा रहेका संस्थापक शेयरधनीहरुले आंशिक वा पुरा शेयर गरि कुल १८ लाख २१ हजार ६० कित्ता शेयर विक्री गर्ने भएका हुन् ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन बुझाउनु पर्नेछ । सो समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्तिका लागि आवेदन खुलाउने बैंकले जनाएको छ ।