images
images

वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्दा कर्जा ४ अर्बले घट्यो


  • 453
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्दा कर्जा ४ अर्बले घट्यो

    काठमाडौं । बैंशाख चौथौ साता बाणिज्य बैंकहरुमा ५ अर्बले निक्षेप बढ्दा कर्जा लगानी भने ४ अर्बले घटेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार वैशाख चौथौ बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । 


    बैशाख तेस्रो साता ( बैशाख १६ गते) बैंकहरुको निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । चौथौ साता  (बैशाख २३ गते) मा आउदा सो निक्षेपमा ५ अर्ब रुपैयाँ थपिएर ४३ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । 

    यस अवधिमा बैंकहरुको कर्जा ४ अर्ब घटेको छ ।  बैशाख १६ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २३ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ। 

     


    images
    images

    Logo