images
images

शिखर इन्स्योरेन्सको विक्री नभएको हकप्रद शेयर लिलामिमा आवेदन दिने समय थपियो


  • 546
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    शिखर इन्स्योरेन्सको विक्री नभएको हकप्रद शेयर लिलामिमा आवेदन दिने समय थपियो

    काठमाडौं । शिखर इन्स्योरेन्सले विक्री नभएको ७७ हजार कित्ता हकप्रद शेयर लिलामिमा आवेदन दिने समय थपिएको छ ।  कम्पनीले चैत १ गतेदेखि चैत २१ गतेसम्म जारी गरेको हकप्रद शेयर विक्री भइनसकेकाले लिलामी बाट विक्री गर्न लागेको हो ।  

    कम्पनीले बैशाख १९ गतेदेखि २६ गतेसम्म लिलामी विक्री खुल्ला गरेको मा वैशाख २१ गते सार्वजनिक विदा परेकाले १ दिन समय थप गरिएको छ । अब सो लिलामिमा बैशाख २७ गते ( मंगलबार) सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीले हकप्रद जारी गर्दा सर्वसाधारण समुह तर्फको विक्री नभएको ७७ हजार ७ सय २० कित्ता शेयर लिलामीमा विक्रीगर्न लागेको हो । उक्त शेयर खरिदका बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने  कम्पनीले जनाएको छ । 

    सो शेयरको न्युनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो भन्दा बढि के कतिमा खरिद गर्न चाहेमा सो को विवरण खुलाई एनआईबीएल एस क्यापिटलको शाखा कार्यलयहरुमा र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखाकार्यलयहरुमा आवेदन दिन सक्नेछन् । 


    images
    images

    Logo