images
images

२० अर्ब १८ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 383
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    २० अर्ब १८ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सोमबार बैंकले सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    बैंकका अनुसार ९१ दिन अवधिका लागि ७ अर्ब १० करोड रुपैयाँ र १ सय ८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३ सय ६४ दिन अवधिका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये १ सय ८१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको  बिल नयाँ रहेको छ । 

    ९१ दिन अवधिको बिल आगामी साउन २४ गते परिपक्व हुनेछ । त्यस्तै, १ सय ८२ दिनको कात्तिक २२ परिपक्व हुनेछ भने ३ सय ६४ दिन अवधिको बिल २०८० वैशाख २६ गते परिपक्व हुनेछ । 

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सहभागी हुन सक्नेछन् । 


    images
    images

    Logo