काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ७२ हजार ८ सय ९८ कित्ता शेयर विक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेका हुन् ।
संस्थापक शेयरधनी राजिव भट्टराईको नाममा रहेको ४३ हजार ७ सय ४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १ सय ५८ कित्ता शेयर विक्री गर्न लागेका हुन् ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ ।