images
images

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का


  • 706
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । शुक्रबार यी दुई कम्पनीहरुले एक आपसमा मर्जर जाने सम्झौता गरेपछि नेप्सेले दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको हो ।

    बीमा समितिले तोकिएको चुक्ता पूँजी पुयाउनका लागि यी दुई कम्पनी एक आपसमा मर्ज हुन लागेका हुन । 

    हाल हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जर भएपछि यी कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । 


    images
    images

    Logo