काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार वैशाख २१ गते बैंकहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकका अनुसार वैशाख २० गते ४९ खर्ब ३८ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख २१ गते एकैदिन ५ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४३ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि बढेको छ । वैशाख २० मा ४३ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा २१ गते हुँदा ६ अर्ब रुपैयाँले बढेरर ४३ खर्ब ७२ अर्ब रुपैयाँमा पुगेको छ ।
२१ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको भने निक्षेप स्थिर रहेको छ। २१ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । सोही समयमा वाण्ज्यि बैंकहरुको कर्जा लगानीमा १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुको वैशाख २१ गते १ अर्बले बढेर ५ खर्ब ३२ अर्ब रुपैयाँमा रहेको छ ।
यस्तै, वैशाख २१ गते बैंकहरुको औसत सीडी रेसियो ९०.५७ प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७.०५ प्रतिशत रहेको छ ।



