काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जरका लागि सहमति भएको छ । दुई कम्पनीबीच बिहीबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।
दुई कम्पनीहरुबीच १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर जाने भएका हुन् । हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जर भएपछि यी कम्पनीको चेक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
बीमा समितिले पुँजी बडाउने निर्देशन दिएपछि पहिलो पटक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने भएका हुन् ।