काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप संकलन खुम्चिदै गएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार वैशाख तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले मात्रै बढेको छ ।
वैशाख दोस्रो साता (वैशाख ९ गते) बैंकहरुको निक्षेप ४३ खर्ब ६७ खर्ब रुपैयाँ रहेको थियो । तेस्रो साता (वैशाख १६ गते) मा आउदा सो निक्षेपमा १ अर्ब रुपैयाँ थपिएर ४३ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ ।
त्यस्तै कर्जा लगानीमा भने यो साता ३ अर्ब रुपैयाँले बढेको छ । वैशाख ९ गते बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो । १६ गते ३ अर्ब रुपैयाँले बढेर बैंकको कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।