काठमाडौं । सनराइज बैंकले १ लाख १० हजार २ सय ५७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले निर्मल प्रधानको नाममा रहेको उक्त शेयर विक्री गर्ने भएको हो ।
सो शेयर खरिदका लागि न्युनतम मूल्य १ सय ६० रुपैयाँ तोकिएको छ । बैंक सञ्चालक समितिले संस्थापक शेयरधनीलाई शेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको छ ।
उक्त अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नआए संस्थापक बाहेकका लागि आवेदन खुलाउने बैंकले जनाएको छ ।



