काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । इसेवाको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी सञ्चालक थिए ।
यसअघि बैशाख १२ गते अध्यक्ष असगर अलीले राजीनामा दिएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार रहेका अलीले सञ्चालक समेतबाट राजीनामा दिएपछि उनको ठाउँमा कुँवरलाई ल्याइएको हो ।