images
images

गभर्नरमाथि छानबिनको च्याप्टर क्लोज, अन्तरकालीन आदेशले पायो निरन्तरता


  • 404
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    गभर्नरमाथि छानबिनको च्याप्टर क्लोज, अन्तरकालीन आदेशले पायो निरन्तरता

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारी छानबिनको च्याप्टर बन्द भएको छ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएपछि अब उनीविरुद्धको कारबाही प्रक्रिया रोकिने भएको हो । यो आदेशसँगै गभर्नर अधिकारी निरन्तर रुपमा काम गर्न पाउने भएका छन् । 

    न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । इजलासमा तीन दिनको बहसपछि अदालत अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको हो । 

    २४ चैत २०७८ को मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए ।


    images
    images

    Logo