काठमाडौं । बैंकहरुको निक्षेप निरन्तर रुपमा घटिरहेका बेला एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार वैशाख १३ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो ।
वैशाख १२ गते ४९ खर्ब २५ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख १३ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ३२ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंकशरुको पनि निक्षेपमा वृद्धि भएको छ । वैशाख १२ गते ४३ अर्ब ५२ अर्ब रुपैयाँ रहेको निक्षेप १३ गते एकैदिन ७ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
१३ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको भने निक्षेप घटेको छ । १२ गते ५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको निक्षेप १३ गते १ अर्बले घटेर ५ खर्ब ७३ अर्ब रुपैयाँमा झरेको बैंकले जनाएको छ ।
सोही समयमा बैंकहरुको कर्जा लगानीमा पनि केही कमि आएको छ । १२ गते ४७ खर्ब २३ अर्ब रुपैया रहेको कर्जा लगानी वैशाख १३ गते १ अर्ब रुपैयाँले घटेर ७४ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानीमा भने स्थिर आएको छ । १३ गते कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा १ अर्ब रुपैयाँले कमि आएको छ । १३ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । वैहाख १३ गते बैंकहरुको सीडी रेसियो ९०.७७ प्रतिशत कायम भएको छ ।



