काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको कास्कीको बगरमा नयाँ शाखा स्थापना भएको छ । वैशाख १५ गते पोखरा एक समारोहक बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ बाट संयुक्त रुपमाउद्घाटन गरिएको हो ।
उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखाकार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको बताए । साथै, यस शाखा कार्यालयले स्थानीयहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको उल्लेख गरे ।



