काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ २५ पैसा रहेको छ ।