काठमाडौं । नेपाल राष्टै बैंकले नेपालमा वाणिज्य बैंकको संख्या बढिमा १५ वटा भन्दा बढि नचाहिने बर्ताको छ । राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा वाणिज्य बैंकको संख्या बढिमा १५ वटा भए हुने जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउनका लागि मर्जरमा विशेष जोड दिँदै आएको छ । सोही अनुसार केन्द्रिय बैंकले एक सर्वे गरेको थियो जस अनुसार सो निर्णय गरिएको हो ।
सो सर्वेमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए हुने राय दिएका थिए। उनीहरुले अहिलेको अवस्थामा नेपालमा १५ वटा भन्दा धेरै वाणिज्य बैंक नचाहिने राय दिएका हुन।
सर्वेमा सहभागी रहेका मभ्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका छन् । त्यस्तै २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् भने ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाविच मर्जर गर्नुपर्नेमा जोड दिएका छन्।



