images
images

शेयर बजारमा चुनावी उछाल, आजको वृद्धिलाई कसरी हेर्ने ?


  • 522
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    शेयर बजारमा चुनावी उछाल, आजको वृद्धिलाई कसरी हेर्ने ?

    काठमाडौं । शेयर बजारमा चुनावी उछाल देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से आज एकैदिन ९५.४६ अंकले बढेर २ हजार ४ सय २० दशमलव ९१ अंकमा पुगेको छ । परिसूचकमा भएको वृद्धिसँगै आज कारोबार रकम पनि बढेर २ अर्ब ५३ करोड पुगेको छ । 

    स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावली संकलन सुरु भएको छ । झन्डै ३८ हजार जनप्रतिनिधिका लागि १ लाख भन्दा धेरै उम्मेदवार रहने प्रक्षेपणबीच उम्मेदवारी दर्ता हुँदै गर्दा शेयर बजारमा उछाल देखिनुले लगाीकर्ताहरु उत्साही बनेका छन् । 

    यद्यपि आजको बजारको वृद्धिले मात्रै बजारको दीर्घकालीन सुधारको अपेक्षा गर्न सक्ने विश्वास गर्ने आधार भने देखिँदैन । आज बजारमा उच्च वृद्धि भए पनि कारोबार अपेक्षित नबढ्नु, ठूला तथा तुलनात्मक रुपमा कम जोखिम भएको मानिएका क्षेत्रका कम्पनीहरुको मूल्यमा अपेक्षित सुधार नहुनुले आजको वृद्धिलाई दीर्घकालीन वृद्धिको सुरुवातको रुपमा हेर्न नसकिने सरोकारवालाको बुझाइ छ । 

    आज बजारमा फाइनास, हाइड्रोपावर, डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहका कम्पनीमा मात्रै उच्च वृद्धि भयो । बैंक लगायत अन्य क्षेत्रको वृद्धि औसतभन्दा कम भयो । 

    आज बजारमा कारोबार भएका १ सय ९५ कम्पनीमध्ये १ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । एउटा कम्पनीको मूल्य स्थिर हुँदा १ सय ९३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । बजारमा आज झन्डै १५ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा लामो समयदेखि समारात्मक सर्किट लाग्दै आएको नेष्डो लघुवित्त मात्रै घट्ने कम्पनीको सूचीमा परेको छ । 


    images
    images

    Logo