काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १५ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार वैशाख २ गते एकैदिन १५ अर्ब रुपैयाँले कमि आएको छ ।
राष्ट्र बैंकका अनुसार वैशाख १ गते ४९ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख २ गते एकैदिन १५ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेपमा पनि कमि आएको छ । वैशाख १ गते ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा २ गते हुँदा १२ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंककाे विवरण अनुसार अन्य बैंक तथा वित्तीय क्षेत्रकाे पनि निक्षेपमा कमि आएको छ । वैशाख १ गते ५ खर्ब ८८ अर्ब रुपैयाँ रहेको निक्षेप २ मा एकैदिन ३ अर्ब रुपैयाँले घटेर ५ खर्ब ८५ अर्ब रुपैयाँमा सिमित भएको छ ।
बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले घट्दा कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेको छ । वैशाख १ गते ४७ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा २ गते मा ३ अर्बले घटेर ७४ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ ।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । १ गते ४१ खर्ब ९५ अर्ब रहेको कर्जा लगानी २ गते ३ अबए रुपैयाँले घटेर ४१ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्य बैक तथा वित्तीय क्षेत्रको कर्जा लगानीमा भने स्थिर आएको छ । २ गते अन्य बैक तथा वित्तीय क्षेत्रको कर्जा लगानी ५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ र ।
वैशाख २ गते सीडी रेसियो पनि बढेको छ । १ गते ९०.०७ प्रतिशत रहेको सीडी रेसियो २ गते बढेर ९०.२८ प्रतिशतमा पुगेको छ ।



