images
images

घट्यो ग्लोबल आईएमई लघुवित्तको खुद नाफा 


  • 376
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    घट्यो ग्लोबल आईएमई लघुवित्तको खुद नाफा 

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको खुद नाफा ३.२९ प्रतिशतले घटेको छ । आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा सो परिणममा घटेको हो ।

    लघुवित्तको तेस्रो त्रैमाससम्मा २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही समयमा लघुवित्तको खुद नाफा २१ करोड १५ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा ३‍.२९ प्रतिशतले कम हो । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा २६.०५ प्रतिशत बढेको छ।

    लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यो रकम ३३ करोड रुपैयाँ रहेको थियो । त्यस्तै यो अवधिमा कम्पनीको जगेडा कोषमा पनि वृद्धि आएको छ । तेस्रो त्रैमासमा जगेडा कोष ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो रकम २७ करोड ८१ लाख रुपैयाँ रहेको थियो । 

    त्यस्तै, कम्पनीको  निक्षेप ५५‍.९० प्रतिशत बढेर २ अर्ब ७० करोड  रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत वर्षको तुलनामा कर्जा ६९‍‍.०३ प्रतिशत बढी ८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    लघुवित्तको तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा रहेको छ।


    images
    images

    Logo