काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २८ गते एकैदिन ११ अर्ब रुपैयाँले बढेको हो ।
चैत २७ गते बैंकहरुको कुल निक्षेप ४९ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा एकैदिन ११ अर्ब रुपैयाँले बढेर ४९ खर्ब १९ अबए रुपैयाँमा पुगेको छ । त्यस्तै, बाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १० अर्ब रुपैयााले बढेको छ । गत चैत २७ गते ४३ खर्ब ३१ अर्ब रहेकोमा २८ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप भने स्थिर रहेको छ । चैत २८ गते ५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकहरुको कर्जामा भने कमि आएको छ । चैत २७ गते ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी चैत २८ मा घटेर ७४ खर्ब ३ अर्ब रुपैयाँमा सिमित भएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो केही घटेको छ । चैत २७ गते ९०.७९ प्रतिशत रहेकोमा चैत २८ गते ९०.६० प्रतिशत रहेको छ ।



