images
images

एनसीसी बैंकको १४ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 498
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    एनसीसी बैंकको १४ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १४ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकमा रहेका ३ संस्थापकहरुले आफ्नो नाममा रहेको कुल २६ लाख ६३ हजार ६ सय ६८ कित्ता शेयर विक्री  गर्ने भएका हुन् । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ । 

    शेयर विक्री गर्न चाहाने संस्थापकहरुमा श्री जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रलीको ११ लाख १० हजार ४ सय १७ कित्ता रहेको छ । त्यस्तै, लक्ष्मी बहादुर श्रेष्डको ३ लाख कित्ता रहेको छ भने भुपेन्द्र राज गिरीको १५ हजार २ सय ५१ कित्ता शेयर विक्रीमा रहेको बैंकले जनाएको छ । 


    images
    images

    Logo