काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट(युटिएस) प्रालीले नयाँवर्ष २०७९ को उपलक्ष्यमा अपग्रेड इभेन्ट आयोजना गरेको छ । साे इभेन्ट चैत्र २४ गतेदेखि २७ गतेसम्म हुने भएकाे छ ।
उक्त इभेन्टमा ग्राहकले अफुनो जुन सुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोलाक्रस, फर्चुनर, र्याभफोर हाइब्रिड, प्राडोसंग साट्न सक्ने छन् । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।
यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई पुरानो गाडीको उचित मुल्यांकन, सजिलो फाइनान्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरुकालागि आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्ने भएको छ ।