images
images

३ अर्ब ४५ करोड मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 433
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    ३ अर्ब ४५ करोड मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले शुक्रबार सुचना जारी गर्दै क,ख,र ग वर्गाका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा सो परिणममा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकमा २ अर्ब ७६ करोड ख वर्गको विकास बैंकमा ५१ करोड ७५ लाख र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ निक्षेपमा लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजत प्राप्त बैंक तथा वित्त कम्पनीहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत १५ गते कार्यलय समय भित्र जानकारी गराउनु राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ । उक्त निक्षेपको समय २०७९ बैशाख ४ गतेदेखि सुरुहुने बैंकले जनाएको छ । 


    images
    images

    Logo