images
images

रोयल इनफिल्डको आधिकारिक बिक्रेतामा अल्फा अटोमोटिभ नियुक्त


  • 563
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    रोयल इनफिल्डको आधिकारिक बिक्रेतामा अल्फा अटोमोटिभ नियुक्त

    काठमाडौं । बिश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा अल्फा अटोमोटिभ प्रालि नियुक्त भएको छ । अल्फा त्रिवेणी समूह अन्तर्गत अटोमोविल डिभिजनको कम्पनी हो । 

    सो समूहले उत्पादन, कृषि, ट्रेडिङ, बैंकिंङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । अल्फा अटोमोटिभले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनलाई नेपालभर बजार विस्तार एवम् सफल ब्यबस्थापन गर्ने रणनीतिक लक्ष्य लिएको छ । 

    अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३ सय ५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्री वितरण गर्ने छ ।


    images
    images

    Logo