images
images

एचआइडीसीएलले लिलामी शेयरमा आबेदन दिनेको पैसा फिर्ता गर्दै


  • 444
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    एचआइडीसीएलले लिलामी शेयरमा आबेदन दिनेको पैसा फिर्ता गर्दै

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) लिलामीको सेयरमा आवेदन दिएकाहरुको पैसा फिर्ता गर्ने भएको छ। 

    कम्पनीले लिलामीमा राखेको संस्थापक सेयर यही समूहमा हुने कि सर्वसाधारण सरह कारोबार हुने भन्ने विवाद थियो। विवादका बीच लिलामी रोकिएको थियो। त्यसअघि नै आवेदन दिएकाहरुको पैसा फिर्ता गर्न लागिएको हो। लिलामीको सेयर किन्न अघि सरेका लगानीकर्ताको पैसा 'फ्रिजु' भएर बसेको थियो। सोही पैसा संकलित बोलपत्र भुक्तानीको प्रक्रिया पुरा गरी फिर्ता पाउने सूचना कम्पनीले प्रकाशित गरेको हो।   

    बोलपत्रवालाहरूले आफूले बोलपत्र बुझाएको संकलन केन्द्रहरूमा स्वयं उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले सक्कलै सिलबन्दी बोलपत्र बोलपत्रहरूलाई फिर्ता गरिने कम्पनीले उल्लेख गरेको छ। 


    images
    images

    Logo