images
images

राष्ट्र बैंकद्वारा १४ वाणिज्य बैंकलाई कारबाही, कुन बैंकको के थियो कसुर ?

प्रभु बैंकलाई जरिवाना, अरुलाई सचेत गराइयो


  • 419
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    राष्ट्र बैंकद्वारा १४ वाणिज्य बैंकलाई कारबाही, कुन बैंकको के थियो कसुर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकमाथि कारबाही गरेको छ । नियामकीय निर्देशनको परिपालना नगरेको आरोपमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उक्त संख्यामा बैंकहरुलाई कारबाही गरेको हो ।

    यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन् । 

    त्यसमध्ये प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेको भन्दै १ लाख ८० हजार रुपैयाँ जरिवाना गराइएको छ । 

    नेपाल बैंकलाई भने बोलकबोल प्रयोजनको ब्याजदर ३ महिनामा मात्रै परिवर्तन गर्न पाउने व्यवस्था रहेकोमा त्यसको परिपालना नगरेको तथा एटलस इन्जिनियरिङ कन्स्ट्रक्सनको खाता रोक्का गर्न निर्देशन दिइएकोमा त्यसो नगरिएको भन्दै प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । 

    राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेञ्चुरी कमर्शियल बैंकले समेत बोलकबोल प्रयोजनको ब्याजदर ३ महिनामा मात्रै परिवर्तन गर्न पाउने व्यवस्था उल्लंघन गरेको देखिएको छ । यसमा समेत राष्ट्र बैंकले सम्बन्धित बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको भने अधिकतम र न्यूनतम ब्याजदर अन्तर ५ प्रतिशत भन्दा धेरै रहेको पाइएको छ । यसमा समेत राष्ट्र बैंकले सम्बन्धित बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ ।


    images
    images

    Logo