images
images

माछापुच्छ्रे बैंकको सहयोगमा गंगालाल हस्पिटलमा २४ शैय्याको सीसीयु कक्ष


  • 542
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    माछापुच्छ्रे बैंकको सहयोगमा गंगालाल हस्पिटलमा २४ शैय्याको सीसीयु कक्ष

    काठमाडौं । माछापुच्छ्रे बैंकको सहयोगमा गंगालाल हस्पिटलमा २४ शैय्याको सीसीयु कक्ष निर्माण गरिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निर्मित उक्त कक्ष मंगलबार बैंकको तर्फबाट अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । 

    बैंक सञ्चालक समितिका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई उक्त सीसीयू कक्षको हस्तान्तरण गरेका हुन् । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनका कर्मचारीका साथै अस्पतालका कार्यकारी निर्देशक एवं उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी थिए । 

    कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष महतोले यस्तो पुनित कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यसका लागि सहयोग गर्ने अस्पताल व्यवस्थापनप्रति आभार व्यक्त गरेका छन् । 


    images
    images

    Logo