images
images

नेपाल वायुसेवा निगमले पायो साउदीमा सीधा उडान भर्ने अनुमति


  • 587
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    नेपाल वायुसेवा निगमले पायो साउदीमा सीधा उडान भर्ने अनुमति

    काठमाडौं ।  नेपाल वायुसेवा निगमले साउदी अरेवियामा सीधा उडान भर्ने अनुमति पाएको छ । निगमले आइतबार विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । 

    उक्त विज्ञप्ति अनुसार अब नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम र जेद्दामा उडान भर्न पाउने भएको छ । हाललाई भने साउदी अरेवियाको राजधानी रियादमा आगामी अप्रिलदेखि सातामा ३ उडान भर्ने योजना रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    लामो समयदेखि सो उडानको लागि निगमले पहल गरे पनि अनुमति पाउन सकेको थिएन । निगमका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा उक्त अनुमति प्राप्त भएको हो । 

    हाल साउदीको दमाम र रियादमा हिमालय एअरलाइन्सले मात्रै सिधा उडान भर्दै आएको छ । अब नेपाल वायुसेवा निगमले पनि सिधा उडान भर्ने भएको हो । 


    images
    images

    Logo