काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर रुपमा घटिरहेको छ । वित्तीय क्षेत्रमा तरलताको संकट गहिरिँदै जाँदा र नियामक निकायबाट जारी भएका विभिन्न निर्देशनका कारण शेयर बजार पछिल्लो समय घट्दै गएको छ । बुधबार शेयर बजार २ हजार ५ सय ५० अंक भन्दा तल झर्दा परिसूचक २ महिनापछिको सबैभन्दा कम बिन्दुमा झरेको छ ।
पछिल्लो समय बजार घट्छ कि बढ्छ भन्ने अनुमान लगाउनै नसकिने अवस्था छ । बजारलाई बढाउने र घटाउने दुवै चरहरु सक्रिय उत्तिकै रहँदा कसको प्रभाव बजारमा कति पर्छ भनेर अनुमान गर्नै नसकिने अवस्था आएको हो । नजिकिँदै गएको चुनाव, राजनीतिक स्थिरता जस्ता संकेतले बजारलाई सकारात्मक बनाउनसक्ने देखिँदा बढ्दै गएको तरलताको जोखिम र नियामक निकायबाट जारी निर्देशनले बजारलाई नकारात्मक बाटोमा डोहोर्याउँदै गएको देखिन्छ ।
जब बजार बढ्दो ट्रेन्डमा हुन्छ, तब लगानीकर्ताहरु पुँजीगत लाभ प्राप्त गर्ने उद्देश्यले बजारमा प्रवेश गर्छन् । तर, जब बजारमा बियरिस ट्रेन्ड सुरु हुन्छ, तब लगानीकर्ताले आधारभूत रुपमा सुरक्षित शेयरमा लगानी गर्न थाल्छन् । पछिल्लो समय बजारले वियरिस ट्रेन्ड देखाउँदा बजारमा सुरक्षित शेयरको खोजी सुरु भएको छ ।
त्यसो भए सुरक्षित शेयरहरु कुन हो त रु यसलाई छान्ने विभिन्न आधारहरु हुन्छन् । तर, सबैभन्दा बलियो आधार चाहिँ मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो नै हो । यो अनुपातले कुनै पनि कम्पनीले १ रुपैयाँ कमाइ गर्दा लगानीकर्ताले त्यो कम्पनीलाई कति रुपैयाँ तिरेर किन्न सक्छन् भन्ने देखाउँछ । यो अनुपात जति थोरै हुन्छ, त्यति नै शेयरको लगानी बढी सुरक्षित मानिन्छ ।
वाणिज्य बैंकको मूल्य आम्दानी अनुपातको अवस्था
वाणिज्य बैंकको शेयरलाई विगतदेखि नै अरु समूहका शेयरको तुलनामा कम जोखिमपूर्ण मानिँदै आएको छ । यसको कारण यो समूहको शेयरमा एकैपटक ठूलो उचारचढाव हुँदैन र यसको मूल्य आम्दानी अनुपात पनि अरुको भन्दा तुलनात्मक रुपमा कम छ ।
तर, तुलनात्मक रुपमा कम जोखिमपूर्ण मानिएको यो क्षेत्रका शेयरमा पनि जोखिमको अवस्था भने फरक फरक छ । बुधबारको अन्तिम मूल्य र चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिशेयर आम्दानीको अवस्थालाई हेर्दा सबैभन्दा कम मूल्य आम्दानी अनुपात ग्लोबल आईएमई बैंकको १४।२५ रहेको छ भने सबैभन्दा बढी अनुपात नबिल बैंकको ४४।०९ रुपैयाँ रहेको छ ।
बजारमा सूचीकृत भइ काराेबार भइरहेका २६ वाणिज्य बैंकमध्ये पछिल्लो मूल्य अनुसार १९ बैंकको पीई रेसियो २० रुपैयाँभन्दा कम छ । बाँकी ७ बैंकको अनुपात २० रुपैयाँ भन्दा बढी छ । अहिले बजारमा २३ वटा कम्पनीकाे शेयर काराेबार भइरहेकाे छ ।
| SN | Commcrail bank | EPS | Market valu | P/E |
| 1 | NIC Asia Bank | 41.43 | 762 | 18.39 |
| 2 | Siddhartha Bank | 25.12 | 400 | 15.92 |
| 3 | Nabil Bank | 23.59 | 1,006.00 | 42.65 |
| 4 | Standara Chartard Bank | 23.05 | 460 | 19.96 |
| 5 | Global IME Bank | 22.39 | 312 | 13.93 |
| 6 | Sanima Bank | 20.25 | 326 | 16.10 |
| 7 | Prabhu Bank | 19.86 | 293 | 14.75 |
| 8 | Nepal Bank | 19.67 | 327.2 | 16.63 |
| 9 | NMB Bank | 19.64 | 309.1 | 168.49 |
| 10 | Agriculture Developmant Bank | 19.11 | 380 | 19.88 |
| 11 | Prime Commercial Bank | 17.99 | 315 | 17.51 |
| 12 | Everest Bank | 17.8 | 539 | 30.28 |
| 13 | Citizens Bank | 17.45 | 264.5 | 15.16 |
| 14 | Mega Bank | 17.33 | 258 | 14.89 |
| 15 | Machhapuchre Bank | 16.84 | 291.5 | 17.31 |
| 16 | Nepal SBI Bank | 16.49 | 353 | 21.41 |
| 17 | NCC Bank | 16.17 | 252 | 15.58 |
| 18 | Century Commercial Bank | 15.12 | 222 | 14.68 |
| 19 | Sunrise Bank | 14.74 | 252.5 | 17.13 |
| 20 | Laxmi Bank | 14.15 | 259 | 18.30 |
| 21 | Bank of Kathmandu | 13.54 | 256 | 18.91 |
| 22 | Kumari Bank | 12.94 | 232.7 | 17.98 |
| 23 | Civil Bank | 11.26 | 226.3 | 20.10 |



