images
images

प्रतिनिधिसभा बैठक आज बस्दै, सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने


  • 612
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    प्रतिनिधिसभा बैठक आज बस्दै, सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम छ ।

    यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो । 


    images
    images

    Logo