काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले नयाँ योजना ल्याएको छ । फागुन १६ गतेदेखि लागु हुनेगरी सूर्या लाइफले यस्तो योजना ल्याएको हो । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण बीमा अनिवार्य भएको अवस्थामा आम सर्वसाधारणको पहुँच पुग्नेगरी यस्तो योजना ल्याएको हो ।
१८ वर्षको उमेर समुहले १ करोड रुपैयाँको बीमाङ्कमा वार्षिक रु १४ हजार ५ सय ५० रुपैयाँ वा मासिक १ हजार २ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । यो योजनामा १८ देखि ६५ वर्षका नागरिक सहभागी हुन सक्नेछन् । यो योजनाको अवधि ३० वर्ष तोकिएको छ । बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।



