images
images

महिला लघुवित्तको नाफा ५० प्रतिशत बढ्यो, ईपीएस ११० रुपैयाँ


  • 353
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    महिला लघुवित्तको नाफा ५० प्रतिशत बढ्यो, ईपीएस ११० रुपैयाँ

    काठमाडौं । महिला लघुवित्तको नाफा ५० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सो लघुवित्तले ८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा ५ करोड ४३ लाख रुपैयाँ थियो । 

    यो नाफाको आधारमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १ सय १० रुपैयाँ हुन आउँछ । सो लघुवित्तको हालको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

    एक वर्षको अवधिमा महिलाले १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह विस्तार गरेर ३ अर्ब ९१ करोड पुर्याएको छ । खुद ब्याज आम्दानी ९ करोड ८६ लाखबाट बढाएर १४ करोड ४९ लाख पुर्याएको छ । 

    सो लघुवित्तको कष्ट अफ फण्ड ६.३६ प्रतिशतबाट बढेर ११.२३ प्रतिशत पुगेको छ । लघुवित्तले ऋणमा औसत १४.७० प्रतिशत ब्याज लिने गरेको जनाएको छ । 


    images
    images

    Logo