images
images

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, ईपीएस घट्यो 


  • 307
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, ईपीएस घट्यो 

    काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।

    उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ९ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख  रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १९ करोड ४७ लाख रूपैयाँ रहेको थियो ।

    दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १३ करोड ३२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

    त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख र जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) भने १९ रुपैयाँ ६० पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ७३ रूपैयाँ १३ पैसा रहेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ ।


    images
    images

    Logo