images
images

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै


  • 418
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

    काठमाडौँ । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

    विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् ।

    पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छे, मर्दीलगायतका हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिए । 

    पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ ।

    पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति  २५ हजार रुपैयाँ, मर्दी हिमालका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ तथा पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङ्कोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति  १० हजार रुपैयाँ शुल्क लिने गरेको अधिकारीले बताए । 

    पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको  २ लाख रुपैयाँसम्म लिने गरिएको छ । एउटा उडानमा ५ जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिए ।

    पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको पाइएको बताउने व्यवसायी पर्यटक लक्षित गतिविधि बढाउनुपर्ने बताए ।  पोखराबाट प्रभु र डाइनेष्टिक एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । 


    images
    images

    Logo