images
images

टक्सार पिखुवा हाइड्रोको आईपीओ आजबाट बिक्री खुला


  • 181
    SHARES
  • २०८३ बैशाख २३ गते बुधबार

    टक्सार पिखुवा हाइड्रोको आईपीओ आजबाट बिक्री खुला

    काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ६ गते हुनेछ।

    कम्पनीले सञ्चालन गरेको ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको लिमिटेडले जनाएको छ ।

    सो जलविद्युत आयोजनाको विद्युत् अनुमति पत्र २५ वर्ष ४ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।


    images
    images

    Logo