images
images

आइतबारदेखि सुर्खेतमा गुण एयरलाइन्सको नियमित उडान, कति तोकियो भाडादर ?


  • 908
    SHARES
  • २०७८ पौष १७ गते शनिबार

    आइतबारदेखि सुर्खेतमा गुण एयरलाइन्सको नियमित उडान, कति तोकियो भाडादर ?

    काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्स अर्को उडानको अर्को गन्तव्य थप गरेको छ र गुणले आइतबारदेखि काठमाडौँदेखि सुर्खेतको व्यावसायिक उडान सुरू गर्न लागेको हो । 

    सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल काठमाडौँ–सुर्खेत रुटमा बुद्ध एयरलाइन्सले मात्र उडान भर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले पुस १८ गतेदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए । 

    काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि ८ हजार ५ सय ४५, ९ हजार ५ सय ४५ र ११ हजार ४ सय २० भाडादर तोकेको छ । 

    उक्त एयरलाइन्सले दैनिक रुपमा बिहान र दिउँसो गरी २ उडान भर्नेछ । बिहानको उडान बिहान ८ः३० बजे काठमाडौँबाट तथा बिहान ९ः५० बजे सुर्खेतबाट उडान भर्नेछ । त्यस्तै, पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र ३ः५० बजे सुर्खेतबाट उडान गर्नेछ । 

    अहिले बुद्ध एयरले भने दैनिक बिहान दैनिक एक उडान मात्रै भर्दै आएको छ ।

    गुण एयरलाइन्सले हाल पोखरा, भरतपुर, भैरहवा, सिमरा र विराटनगर उडान गर्दै आएको छ । सुर्खेत गुणको साताैं गन्तव्य हुनेछ । 


    images
    images

    Logo