images
images

वायुसेवा सञ्चालक संघको अध्यक्षमा फेरि रामेश्वर थापा


  • 1.1K
    SHARES
  • २०७८ पौष २ गते शुक्रबार

    वायुसेवा सञ्चालक संघको अध्यक्षमा फेरि रामेश्वर थापा

    काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघ (एओएएन) को अध्यक्षमा क्याप्टेन रामेश्वर थापा दोहोरिएका छन् । निजी वायुसेवा कम्पनीको छाता संगठनको रुपमा रहेको सो संघको शुक्रबार सम्पन्न २१औं वार्षिक साधारणसभाले थापालाई २ वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः चयन गरेको हो । उनी सिम्रिक एयरका कार्यकारी अध्यक्ष हुन् । अध्यक्षसहित अन्य कार्यसमिति समेत यथावत् राखिएको छ । 

    आजको साधारणसभाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गरेका थिए । साधारणसभामा संघको अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष आर्थिक प्रतिवेदन पारित गरिएको छ । कार्यक्रममा अध्यक्ष थापाले कोभिड महामारीका कारण यो क्षेत्र अप्ठेरो पवरेको भन्दै पछिल्लो समय बढ्दै गएको इन्धनको मूल्ये यसमा थप चुनैती थपेको बताए । 

    अहिले ओमिक्रोन भाइरसको जोखिम थपिएको, विमानस्थलमा चरा तथा जनावरका कारण सुरक्षा चुनौती बढेको उनको भनाइ थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्ता समस्या कम गर्न ध्यान दिनुपर्नेमा उनले सचेत गराए ।


    images
    images

    Logo