images
images

जुम्लाको तिलामा नबिल बैंकको ७ दिने उद्यमशीलता विकास कार्यक्रम


  • 394
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    जुम्लाको तिलामा नबिल बैंकको ७ दिने उद्यमशीलता विकास कार्यक्रम

    काठमाडौं । नबिल बैंकले जुम्लाको तिला गाउँपालिकामा युवा उद्यमशीलता तालिम सञ्चालन गरेको छ । युवा स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले  आयोजना गरिएको उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी ७ दिने  तालिम कार्यक्रम समापन भएको हो । 

    मंसिर २० गतेदेखि सुरु भएको सो कार्यक्रम २७ गते सम्पन्न भएको थियो । तालिममा ६ सय ३२ जनाले आवेदन दिएकोमा १ सय ९४ परिवारका सदस्य सहभागी भएका थिए । उक्त तालिम/कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढी रहेको थियो ।

    यसअघि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महत प्रमुख अतिथि थिए भने र नबिल बैंक सञ्चालक समितिको अध्यक्ष उपेन्द्रप्रसाद पौडेल विशेष अतिथिको रुपमा उपस्थित थिए ।कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा अन्य अथिथिहरुको समेत सहभागिता थियो । 

    nabil-jumla-tila1.jpg

    उक्त कार्यक्रममा बैंकका अध्यक्ष पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नोे क्षमतालाई कम आँकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको भन्दैै उनले ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्नेलाई नबिल बैंकको सधै साथ रहने बताए । 

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । शाक्यले कार्यक्रममा सहभागीको उपस्थिति देख्दा उत्साहित भएको बताए । 

    nabil-jumla-tila2.jpg

    जुम्लामा स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी लगायतको खेती तथा भेडाबाख्रा पालन हुने भएकोले यो नै स्थानीयको वासिन्दाको मुख्य ब्यवसाय हुनसक्ने शाक्यले बताए । 


    images
    images

    Logo