images
images

डिजिलट वालेटमा अब दिनको ४० पटकसम्म रकम जम्मा गर्न सकिने


  • 276
    SHARES
  • २०८२ आश्विन १० गते शुक्रबार

    डिजिलट वालेटमा अब दिनको ४० पटकसम्म रकम जम्मा गर्न सकिने

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठजस्ता महत्वपूर्ण चाडपर्वहरूलाई लक्षित गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि ठूलो सुविधा दिएको छ।

    भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने संख्यालाई अस्थायी रूपमा वृद्धि गरेको हो।

    दसैंमा विशेषगरी दक्षिणा आदानप्रदानमा सहज बनाउन राष्ट्र बैंकले यो कदम चालेको हो। 

    अहिले एक ग्राहकको वालेटमा एक दिनमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ। तर, चाडपर्वको अवसरमा यो व्यवस्थामा अस्थायी संशोधन गरिएको छ।

    आगामी २०८२ असोज १३ गतेदेखि २०८२ कात्तिक ११ गतेसम्म ग्राहकहरूले एक दिनमा आफ्नो वालेटमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्।

    राष्ट्र बैंकले चाडपर्वको बेला हुने भुक्तानीको चापलाई सहज बनाउन यो निर्णय लिएको हो।

    यद्यपि, रकम जम्मा गर्ने संख्या बढे पनि यी सबै कारोबारहरूको कुल रकमको सीमा भने यथावत नै राखिएको छ। यस निर्णयले चाडपर्वको किनमेल र आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट थप सहज बनाउने सहयोग पुग्ने देखिन्छ।


    images
    images

    Logo