images
images

वोमी लघुवित्तले बोलायो साधारणसभा, के - के छन् एजेण्डा


  • 366
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    वोमी लघुवित्तले बोलायो साधारणसभा, के - के छन् एजेण्डा

    काठमाडौं । वोमी लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    लघुवित्तले पुष १६ गते बिहान ११ बजे अरनिको सभाहल धुलिखेलमा बस्नेगरि सभा बोलाइको हो । सो कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत वोनस शेयर पारित गर्नेछ ।साथै सभाले यस वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

    उक्त मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सभाले मर्जर समितिबाट निर्धारण गरेको १ः१ अनुपातमा शेयर आदान प्रदान अनुपात पनि पारित गर्नेछ ।

    उक्त सभा प्रयोजनका लागि कम्पनीले पुष १ गतेदेखि पुष १६ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo