images
images

एनएमबि लघुवित्तकाे नाफा ६ करोड माथि, अन्य सुचक कस्तो छ ?


  • 590
    SHARES
  • २०८२ श्रावण २३ गते शुक्रबार

    एनएमबि लघुवित्तकाे नाफा ६ करोड माथि, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । एनएमबि लघुवित्तले ६ करोड ३८ लाखभन्दा बढी नाफा कमाएको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा  ५ करोड २९ लाख रुपैयाँ रहेको थियो । 

    सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी  ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।

    त्यसैगरी, सो अवधिमा लघुवित्तको  चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ भने  जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


    images
    images

    Logo