काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले साधारणसभा बोलाएको छ । सोमबार बसेकोे सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले पुष २२ गते कम्पनीको कार्यलय हात्तीसार काठमाडौंमा बिहान ९ बजे बस्नेगरि साधारणसभा बोलाएको हो । सो सभामा कम्पनीको २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनको लागि कम्पनीले पुष ५ गते शेयरधनी किताब खाता बन्द रहने निर्णय गरेको छ ।