काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठेपछि सो बारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक अर्थशास्त्री रहेका छन् ।
समिति गठन भएसंगै अध्यक्ष ओझा स्वतः निलम्वन भएका छन् । ओझा निलम्वनमा परेपछि विमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव शेवन्तक पोखरेलले पाएका छन् ।