काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको सान्जेन जलविद्युत कम्पनीले साधारणसभा बोलाएको छ । शनिबार दिउँस बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कम्पनीले पुष १३ गते बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराहीमा बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकालागी कम्पनीले पुष ५ गतेदेखि पुष १३ गतेसम्मका लागी शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ ।