काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिन गरेको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ ।
गत असोज १८ गते कम्पनीले सो लाभांशको प्रस्ताव गरेको थियो भने मंसिर १६ गते समितिबाट उक्त प्रस्ताव स्वीकृत गरेको हो । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।