काठमाडौं । एनएमबि बैंकले साधारणसभा बोलाएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुष २२ गते बस्नेगरी साधारणसभा बोलाएको हो ।
बैंकले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।