images
images

पहिलो १० दिनमा बैंकहरुबाट १४ अर्ब निक्षेप पलायन, २१ अर्ब कर्जा विस्तार


  • 327
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    पहिलो १० दिनमा बैंकहरुबाट १४ अर्ब निक्षेप पलायन, २१ अर्ब कर्जा विस्तार

    काठमाडौं । एक सातमा वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँ थप कर्जा लगानी गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले मंसिरको पहिलो  १० दिनमा सो परिमाणमा नयाँ कर्जा विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ । 

    कात्तिक मसान्तमा बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर १० गतेसम्म आइपुग्दा यस्तो कर्जा प्रवाह बढेर ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । 

    यही बीचमा निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्बमा झरेको बैंकर्स संघको तथ्यांक छ । 


    images
    images

    Logo