काठमाडौं । आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाडौंकाे लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
यी दुवै कम्पनीले शुक्रबार अर्थात मंसिर १० गते बुक क्लोज गर्ने भएसंगै आज मंसिर ९ गते सम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्राइम लाइफले सेयरधनीहरुलाई आर्थिक वर्षको मुनाफबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर १९ गते साधारणसभा बोलाएको छ ।
यस्तै, बैंक अफ काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट १० प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि बैंकले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।