images
images

१० वर्ष यताकै कम लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा 


  • 398
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    १० वर्ष यताकै कम लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा 

    काठमाडौं । एभरेष्ट बैंकले विगत १० वर्ष यताकै कम लाभांश  पारित गर्ने गरि साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । 

    सो दिन एभरेष्ट बैंकको केन्द्रीय कार्यलयमा बिहान ११:३० बजे साधारणसभा बस्नेछ । उक्त सभाले सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त प्रयोजनको लागि मंसिर १७ गते १ सदनका  लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत बैठकले गरेको छ ।


    images
    images

    Logo